• होमपेज
  • समाचार
  • देउसी- भैलो खेल्ने सोचमा हुनुहुन्छ ? घरभेटीको सहमतिबिना खेले कारवाही (सूचना)

देउसी- भैलो खेल्ने सोचमा हुनुहुन्छ ? घरभेटीको सहमतिबिना खेले कारवाही (सूचना)

  • मङ्लबार, अशोज ३१, २०७४
देउसी- भैलो खेल्ने सोचमा हुनुहुन्छ ? घरभेटीको सहमतिबिना खेले कारवाही (सूचना)

काठमाडौं,असोज ३१ –

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारको लागि खेलिने देउसी, भैलोको समय तोकेको छ । देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ ।

साथै घरभेटीको सहमति लिएर मात्रै पनि खेल्न प्रशासनले आग्रह गरेको हो । प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कार्वाही गरिने जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।

त्यस्तै यसअघि गृह मन्त्रालयले पनि एक विज्ञप्ती जारी गर्दै तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोखेल्न आग्रह गरेको थियो । शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको विज्ञप्तीमा गरेको थियो । त्यस्तै, तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ । साथै त्यस्ता बस्तु बिक्री तथा ओसारपसारमा समेत रोक लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार