• होमपेज
  • मनोरञ्जन
  • सौगात र बेनिशाको ‘झ्यानाकुटी’ ट्रेलर सार्वजनिक (भिडियो)

सौगात र बेनिशाको ‘झ्यानाकुटी’ ट्रेलर सार्वजनिक (भिडियो)

  • मङ्लबार, अशोज ३१, २०७४
सौगात र बेनिशाको ‘झ्यानाकुटी’ ट्रेलर सार्वजनिक (भिडियो)

कठमाडौँ,असोज ३१ –

मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी संवादले भरिएको ट्रेलरमा सौगात र बेनिशाको केमेष्ट्री गज्जबको देखिन्छ ।

नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेका छन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री निशा अधिकारीले सबैको सहयोगबाट ‘झ्यानाकुटी’लाई राम्रो फिल्म बनाउन सफल भएको बताइन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् ।

ट्रेलर रिलिज कार्यक्रममा सौगात र बेनिशासहित सम्पूर्ण कलाकार फिल्ममा लगाएको पहिरनमा उपस्थित भएका थिए । बेनिशाले साधारण रातो रंगको साडी-चोली लगाएकी थिइन् भने सौगातले खुम्चिएको सर्ट-पाइन्ट र शिरमा ढाका टोपी लगाएका थिए । फिल्मको फस्ट लुक पोष्टरमा नायिका बेनिशाले सौगात मल्ललाई काँधमा बोकेकी थिइन् । पत्रकारको आग्रह स्वीकार गर्दै बेनिशाले पत्रकार सम्मेलनमै सौगातलाई झण्डै १ मिनेट काँधमा बोकिन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निशाले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’को पनि घोषणा गरिन् । प्रिती नुडल्ससँग सहकार्यमा प्रेमिकाले प्रेमी काँधमा बोकेको वा श्रीमतिले श्रीमान बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने निशाले बताइन् ।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)