• होमपेज
  • समाचार
  • चितवनमा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न पाईने

चितवनमा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न पाईने

  • मङ्लबार, अशोज ३१, २०७४
चितवनमा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न पाईने

चितवन, असोज ३१–

चितवनमा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न पाईने भएको छ ।

जिल्ला सुरक्षा समिति चितवनले आज एक सूचना जारी गर्दै आज (मंगलबार)देखि नै लागु हुनेगरि देउँसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम कार्तिक ४ गते राती १० बजेसम्म मात्रै खेल्न पाउने जनाएको छ ।

साथै शुभ दिपावली, छठ र नेपाल सम्वतको अवसरमा हुन सक्ने अपराध, गुण्डागर्दी, जुवा तास लगायतका सामाजिक बिकृती तथा बिसंगती अन्तका लागी आम नागरिकसँग सहकार्य गर्दै जिल्ला स्थित सबै सुरक्षा निकायहरु समन्वयात्मक ढंगले प्रभावकारी रुपमा परिचालन गर्दै विषेश सुरक्षा योजना तयार गरि लागु समेत गरिएको जनाएको छ ।

यसैगरि चाडबाडको बेलामा कृत्रिम अभाव, कालो बजारी हुन नदिने तर्फ पहल गरिएको जनाउँदै कानून विपरीतका क्रियाकलाप भए गरेमा कानून बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार