• होमपेज
  • समाचार
  • मनकामना अस्पतालले भोली निःशुल्क ओपिडि सेवा दिने

मनकामना अस्पतालले भोली निःशुल्क ओपिडि सेवा दिने

  • मङ्लबार, अशोज ३१, २०७४
मनकामना अस्पतालले भोली निःशुल्क ओपिडि सेवा दिने

चितवन, असोज ३१–

शुभ दिपावली, नेपालसंम्बत तथा छठ पर्वको अवसरमा नेपालीहरुको सुस्वास्थ्यको कामना गर्दै मनकामना अस्पतालले भोली (कार्तिक १ गते) ओपिडि सेवा निःशुल्क गर्ने भएको छ । नयाँ व्यवस्थापनमा संचालन भएको पहिलो वर्ष पूरा गरेको अवसरमा प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क गर्दै आएको अस्पतालले भोली पनि निःशुल्क गर्न लागेको हो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन श्रेष्ठका अनुसार भदौ १ गते प्रयोगशाला परीक्षणमा २० प्रतिशतको छुट दिईदै आईएको छ । प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क हुने भएपछि ग्रामीण क्षेत्रबाट समेत ठूलो संख्यामा बिरामीहरु आउने गरेका छन् ।

भरतपुर एयरपोर्ट अगाडि रहेको सो अस्पतालले ट्रमा केयर सुविधा, आईसीयू, सिटी स्क्यान, एक्सरे, अत्याधुनिक ल्याब एम्बुलेन्स सेवा उपलव्ध गराउँदै आएको छ ।

अस्पताल स्वास्थ्य कार्ड लिएका बिरामीहरुलाई भने सबै दिनमा २० प्रतिशत छुटमा उपचार गर्दै आएको छ । यो कार्यक्रम निरन्तर रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ सेवामा हाडजोर्नीका जटिल रोग, जोर्नी प्रत्यारोपण, मेरुदण्ड र नशा रोग, न्यूरो सर्जरी, कार्डियोलोजी, प्रसुति, शिशु, छाला तथा यौनरोग, नाककान घाँटी, मानसिक रोगलगायतका सेवा उपलव्ध रहेको अस्पतालका सञ्चालक ध्रुवप्रसाद काफ्लेले बताए ।

अस्पतालमा हाल ५० शैया सञ्चालित छ । शैया विस्तार गरी एक सय शैया पुर्‍याउने अन्तिम तयारीमा रहेको कार्यकारी निर्देशक डा.शंकर ढकालले बताउनु भयो । अस्पतालले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिंदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार