• होमपेज
  • समाचार
  • देशैभर कांग्रेससँग चुनावी तालमेल गर्ने तयारीमा नयाँ शक्ति

देशैभर कांग्रेससँग चुनावी तालमेल गर्ने तयारीमा नयाँ शक्ति

  • मङ्लबार, अशोज ३१, २०७४
देशैभर कांग्रेससँग चुनावी तालमेल गर्ने तयारीमा नयाँ शक्ति

काठमाडौं,असोज ३१ –

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेससँग देशैभर चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

सोमबार साँझ बालुवाटारमा कांग्रेस नेताहरुलाई भेटी संयोजक भट्टराईले प्रतिनधिसभा निर्वाचनको लागि नयाँ शक्तिले १५ सिट पाउनुपर्ने गरी चुनावी तालमेलको प्रस्ताव राखेका छन् । भट्टराईको प्रस्तावलाई कांग्रेसका नेताहरुले सकारात्मक रुपमा लिएको बताउँदै कांग्रेससँग देशैभर चुनावी तालमेलको प्रयास भइरहेको नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता केशव दाहालले जानकारी दिए ।

उनलका अनुसार नयाँ शक्ति र कांग्रेसबीच केन्द्रमा १५ र प्रदेशमा ३० सिट मिलाएर जाने दुवै पार्टीबीच छलफल भइरहेको छ ।
गोरखा क्षेत्र नम्बर १ र २ मा भने कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल निश्चित भइसकेको छ । दाहालले देशैभर नयाँ शक्ति र कांग्रेसबीच चुनावी तालमेल भएको खण्डमा लिखित सहमति हुने जानकारी पनि दिए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)