• होमपेज
  • समाचार
  • राजविराजमा अतिक्रमण गर्ने पसल हटाइँदै

राजविराजमा अतिक्रमण गर्ने पसल हटाइँदै

  • मङ्लबार, अशोज ३१, २०७४
राजविराजमा अतिक्रमण गर्ने पसल हटाइँदै

राजविराज, असोज ३१ –

सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक पेटीमा वर्षौँदेखि अतिक्रमण गरेर बसेका पसल हटाउने कार्य शुरु गरिएको छ ।

राजविराज नगरपालिकाले सडकपेटीमा अतिक्रमण गरी फाटफुट रुपमा पसल सञ्चालन गर्दै आएका पसल तथा मासु बिक्री वितरण गर्ने स्टोरलगायत अतिक्रमण गरेर पसल सञ्चालन गरेका पसललाई हटाउने कार्य शुरु गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

राजविराज नगरपालिका र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको सहयोगमा नगरपालिकाले राजविराजको मुटु मानिएका गजेन्द्र चोकदेखि उत्तरपट्टिको सडकको दायाँबाँया साइडमा रहेका पान पसल, चटपटे पसल तथा साना फाट्फुट रुपमा रहेका पसललाई समेत हटाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुुभयो ।

त्यस्तै, राजविराजको दर्शनचोकदेखि पश्चिम सिरहा रोडसम्ममा अतिक्रमण गरेका पसललाई हटाइएको र नगरपालिकाको सडक तथा सार्वजनिक ठाउँमा अतिक्रमण गर्ने पसललाई अविलम्ब हटाउन राजविराज नगरपालिकाले आग्रह गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा