• होमपेज
  • समाचार
  • ‘पिजोन चितवन ग्रीन साँझ–२०७४’ मा झुमे दर्शक (भिडियोसहित)

‘पिजोन चितवन ग्रीन साँझ–२०७४’ मा झुमे दर्शक (भिडियोसहित)

  • मङ्लबार, अशोज ३१, २०७४
‘पिजोन चितवन ग्रीन साँझ–२०७४’ मा झुमे दर्शक (भिडियोसहित)

चितवन, असोज ३१–

अनाथ बालिकाहरुका लागि सहयोग गर्न चितवन ग्रीन लियो क्लबले सोमबार साँस्कृतिक कार्यक्रम गरेको छ ।

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा साँझ ‘पिजोन चितवन ग्रीन साँझ–२०७४’ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलाकारहरु लोकगायक पशुपति शर्मा, हास्य कलाकार सन्दीप क्षेत्री, नेपाल आइडलका टप सिक्स सहभागी सुरज थापा, नेपाल आइडलकै सहभागी विद्या तिवारी, अलि ब्रदर्स, र्‍यापर फ्लाईङ वर्ड्सलगायतले मनोरञ्जन प्रदान गरेका थिए । हलमा उपस्थित सयौं दर्शकहरुले ताली, हुटिङका साथै नाच्दै रमाएका थिए ।

कार्यक्रमका लागि २ सय, ५ सय र १ हजार रुपैयाँका तीनथरि टिकट व्यवस्था गरिएको थियो । कार्यक्रमबाट भएको आम्दानीबाट अनाथ बालिकाहरुलाई सहयोग गरिने आयोजक क्लबका अध्यक्ष दीपक ढुंगानाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार