• होमपेज
  • Uncategorized
  • बाग्लुङमा एक लाख ६८ हजार मतदाता

बाग्लुङमा एक लाख ६८ हजार मतदाता

  • मङ्लबार, अशोज ३१, २०७४
बाग्लुङमा एक लाख ६८ हजार मतदाता

बाग्लुङ,असोज ३१ –

जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् । गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् । थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् । जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)