• होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकमा सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्ने वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोकमा सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्ने वडाध्यक्ष पक्राउ

  • मङ्लबार, अशोज ३१, २०७४
सिन्धुपाल्चोकमा सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्ने वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक, असोज ३१ –

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई सोमबार राति अँधेरीमा रहेको जुवाखालबाट १ लाख १५ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले पहिले आफ्नो नाम ढाँटेर विजय तामाङ भनेका थिए ।

तर सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार