• होमपेज
  • समाचार
  • जिल्ला समन्वय समितिको कार्यालय कावासोतीमा स्थापना

जिल्ला समन्वय समितिको कार्यालय कावासोतीमा स्थापना

  • मङ्लबार, अशोज ३१, २०७४
जिल्ला समन्वय समितिको कार्यालय कावासोतीमा स्थापना

ज्ञानु पंगेनी,

नवलपरासी, असोज ३१–

नवलपरासी बर्दघाट सुस्ता पूर्वको नवलपुर क्षेत्रको जिल्ला समन्वय समितिको कार्यालय सोमबार कावासोतीमा स्थापना गरिएको छ ।

कावासोती नगरपालिका–८ मिलन चोकमा भाडाको घर लिएर कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सोमबार नै सपथ ग्रहणपछि पदभार ग्रहण गर्नुपर्ने भएकोले तत्काल कार्यालय भाडामा लिएर स्थापना गरिएको हो ।कार्यालयको नवलपरासी बर्दघाट सुस्ता पूर्वका जिल्ला न्यायाधिस उपेन्द्र गौतमले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी पौडेलले सोमबार नै मन्त्रालय मार्फत कावासोतीलाई सदर मुकाम तोकिएको र कार्यालय स्थापनाको पत्र आए लगत्तै तुरुन्त भाडाको घर खोजेर कार्यालय स्थापना गरिएको बताए । कार्यक्रममा जिल्ला न्यायाधिस उपेन्द्र गौतमले नवलपुर क्षेत्रमा जिल्ला स्तरका सरकारी कार्यालयहरु आएपछि यहाँका जनतालाई कामकाजमा सजिलो हुने बताए । उनले आफूले पनि तत्काल भाडाको घर भएपनि खोजेर जिल्ला अदालत यहीबाट तुरुन्त सञ्चालन गर्ने समेत बताए ।

जिससका पदाधिकारीहरुले गरे सपथ ग्रहण

जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वको निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

सोमबार जिसस निर्वाचन कार्यालयका निर्वाचन अधिकृत उपेन्द्र गौतमले जिससका प्रमुख केशराम आले र उपप्रमुख शारदा वि.क.लाई सपथ ग्रहण गराएका हुन् । त्यस्तै प्रमुख केशराम आलेले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणसंगै जिससका पदाधिकारी र सदस्यहरुको सोमबार नै पदभार ग्रहण गराइएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुले ईश्वर जनता र देशको नाममा सपथ ग्रहण गरेका थिए । ४ नगरपालिका र ४ गाउँपालिका रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वको जिल्लामा जिससमा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार