• होमपेज
  • समाचार
  • ढिला गरि सकियो मनसुन,यस्तो गर्‍यो मौसम पूर्वानुमान महाशाखाले भविष्यवाणी

ढिला गरि सकियो मनसुन,यस्तो गर्‍यो मौसम पूर्वानुमान महाशाखाले भविष्यवाणी

  • मङ्लबार, अशोज ३१, २०७४
ढिला गरि सकियो मनसुन,यस्तो गर्‍यो मौसम पूर्वानुमान महाशाखाले भविष्यवाणी

काठमाडौं,असोज ३१ –

यो वर्षको मनसुन पूर्णरुपमा सकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष २३ दिन ढिलो गरी गएरातिवाट मनसुन सकिएको हो । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् ।

गत जेठ १२ गतेदेखि शुरु भएको मनसुन औसतभन्दा २३ दिन लम्बिएर सकिएको महाशाखाले जानकारी दिएको छ । सामान्यतया नेपालमा १ सय ५ दिन मनसुनी प्रक्रिया रहने भए पनि यो वर्ष त्यो भन्दा केही लामो समयसम्म मनसुन सक्रिय भएको छ ।

नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहन्छ । मनसुन गत बर्ष २० दिन ढिला गरि सकिएको थियो । मनसुन सकिएसँगै पश्चिमी बायुको प्रभावले अव चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अघिल्लो वर्ष अहिलेभन्दा एक दिन छिटो मनसुन बाहिरिएको थियो । पछिल्ला वर्षहरुमा मनसुन ढिलो बाहिरिने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार