• होमपेज
  • अर्थ/वाणिज्य
  • हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

  • मङ्लबार, अशोज ३१, २०७४
हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

काठमाडौं, असोज ३१–

बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ ।

हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब हो । यो नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्ब पनि हो । नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाटसहितको विशेषता सहित उपलब्ध छ । जसमा उच्च पावर कार्यदक्षता रहेको छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमेन्स रहेको छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य रु. १५० मा किन्न सकिन्छ । यसमा ३ वर्षको वारेन्टी समेत प्रदान गरिएको छ । हिमस्टार एलईडी बल्ब मूल्य, लुमेन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको बताइएको छ ।

हिमस्टारले विभिन्न लाइटिङ तथा लुमीनारिज उपलब्ध गराउँदै आएको छ । जस अन्र्तरगत ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु पर्दछन् ।

हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ एलईडी बल्बको बारेमा प्रकाश पार्दै भन्नुभयो,“नेपाली बजारमा हिमस्टार एलईडी बल्ब उपलब्ध भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं । हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग गर्नेछ ।”

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा