• होमपेज
  • समाचार
  • झलर बत्तीमा २ सय गुणा नाफा खाँदै नारायणगढका व्यापारी

झलर बत्तीमा २ सय गुणा नाफा खाँदै नारायणगढका व्यापारी

  • मङ्लबार, अशोज ३१, २०७४
झलर बत्तीमा २ सय गुणा नाफा खाँदै नारायणगढका व्यापारी

प्रकाश सिग्देल,

चितवन, असोज ३१–

चितवनको नारायणगढ बजारका बिजुली पसलहरुले तिहारमा बालिने झलर बत्तीमा २ सय गुणासम्म मुनाफा लिएर बिक्री गरेको भेटिएको छ । संयुक्त अनुगमन टोलिले बजारका होलसेलर पसलहरुमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

टोलिले लामिछाने बिजुली पसल, प्रभा लाईटिङ एण्ड ईलेक्ट्रोनिक्स पसल, खरेल ईलेक्ट्रोनिक्स, संगम मार्केटिङ, श्री इकोको अनुगमन गरेको हो । संगम मार्केटिङले अनुगमन आएको भन्ने थाहा पाएपछि पसलको बोडनै लुकाएर अनुगमन टोली छल्न खाजेको र टोलीले स्याम्पल उठाउन खोज्दा सस्तोमा सामान बिक्री गरी भ्याट बिलनै जारी गरेको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।

ईलेक्ट्रोनिस ब्यवसायी संघका अध्यक्षलाई आफुले अनुगमन हुँदैछ सहभागि हुनुहोला भनेर बोलाएको तर अध्यक्षले आफु सहभागि नभई सबै ब्यवसायीलाई खवर गरेकोले थाहा पाएको हुन सक्ने शर्माले बताउनु भयो । त्यस्तै प्रभा विद्युत पसलले अनुगमन आएको थाहा पाएपछि झलर लुकाएर राखेको र पछि खोज्दा भेटिएको शर्माले बताउनु भयो । उसले एउटै झलरलाई ग्राहक हेरेर ४५ देखी २५० रुपैयाँ सम्म बिक्री गरेको भेटिएको अनुगमन अधिकृत शर्माले बताउनुभयो ।

शर्माका अनुसार ब्यवसायीले ग्राहक अनुसार फरक फरक रेट गरेर २ सय गुणा सम्म नाफा खाएको भेटिएको छ । ब्यवसायीको खरिद र बिक्री बिल नियन्त्रणमा लिएको र उनिहरुलाई मंगलबार जिल्ला प्रशासनमा हाजिर हुन भनिएको शर्माले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार