• होमपेज
  • समाचार
  • कैलालीमा जुवा खेलिरहेको आठजना नगदसहित पक्राउ

कैलालीमा जुवा खेलिरहेको आठजना नगदसहित पक्राउ

  • सोमवार, अशोज ३०, २०७४
कैलालीमा जुवा खेलिरहेको आठजना नगदसहित पक्राउ

कैलाली,असोज ३० –

प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

उहाँले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताउनुभयो । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार