• होमपेज
  • Uncategorized
  • ८८ किलो सुन काण्डमा मुछिएका तामाङ स्वयम्भूबाट पक्राउ

८८ किलो सुन काण्डमा मुछिएका तामाङ स्वयम्भूबाट पक्राउ

  • सोमवार, अशोज ३०, २०७४
८८ किलो सुन काण्डमा मुछिएका तामाङ स्वयम्भूबाट पक्राउ

काठमाडौं,असोज ३० –

८८ किलो सुन काण्डमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मान बहादुर तामाङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत रहेका तामाङलाई ८८ किलो सुन काण्डमा पक्राउ परेका अभियुक्तले नाम पोलेपछि प्रहरीले पक्राउ गरेको हो ।

उच्च स्रोतका अनुसार पक्राउ परेका तामाङ केरुङ हुँदै नेपाल भित्रिने ठूलो परिमाण सुनको नेपाल एजेण्ट हुन् । स्रोतका अनुसार ८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धान अघि बढाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार