• होमपेज
  • Uncategorized
  • चितवनका पाँच संस्थालाई कम्प्युटर सहयोग

चितवनका पाँच संस्थालाई कम्प्युटर सहयोग

  • सोमवार, अशोज ३०, २०७४
चितवनका पाँच संस्थालाई कम्प्युटर सहयोग

चितवन, असोज ३०–

चितवनका पाँच वटा संस्थालाई कम्प्युटर सहयोग प्राप्त भएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति काठमाडौंले चितवनको पदमोदय युवा क्लवसहित पाँच वटा संस्थालाई कम्प्युटर प्रदान गरेको हो ।

आज एक कार्यक्रमबीच समितिका कार्यकारी निर्देशक डा.बुद्धि नेपालीले पद्मोदय युवा क्लव भरतपुर–२२ का अध्यक्ष रामहरि सेढाईलाई कम्प्युटर प्रदान गर्नुभयो । यस्तै समितिले पद्मोदयसंगै भरतपुर–१३ को हिमाल युवा क्लव, भरतपुर–२५ को शुक्र युवा क्लव, भरतपुर–२१ को उज्याले फ्रेण्डस् क्लव र भरतपुर–१३ को मधु टोल विकास संस्थालाई पनि एक/एक सेट कम्प्युटर सहयोग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार