• होमपेज
  • Uncategorized
  • प्रधानमन्त्री देउवालाई चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिए ओली र प्रचण्डले

प्रधानमन्त्री देउवालाई चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिए ओली र प्रचण्डले

  • बिहिबार, अशोज २६, २०७४
प्रधानमन्त्री देउवालाई  चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिए  ओली र प्रचण्डले

काठमाडौं,असोज २६

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न समेत सुझाएका छन् । लामो समयदेखि प्रधानमन्त्रीले शीर्ष तहमा छलफल नगरेको तर, बाहिरबाहिर चुनावबाट भाग्ने बहाना खोजेको चर्चा चलेपछि आफूहरुकै पहलमा तीन दलको बैठक डाकिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेकाले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराइएको उनले बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिबिधि नगर्ने प्रतिबद्धता जनाएको वार्तामा सहभागी एमाले नेता नेम्वाङले बताए ।

वामपन्थी नेताहरुले चुनावको मुखमा मन्त्रिपरिषद हेरफेर नगर्न चेतावनी समेत दिएका छन् । नेताहरुले सम्बन्धित दलको सिफारिस बिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे तीन दलका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार