• होमपेज
  • समाचार
  • गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट मिनेन्द्र रिजाल लड्ने !

गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट मिनेन्द्र रिजाल लड्ने !

  • बिहिबार, अशोज २६, २०७४
गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट मिनेन्द्र रिजाल लड्ने !

काठमाडौँ, असोज २६ –

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आजीवन चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन् ।
विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ ।

कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए । ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए ।

यसपालि सो क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला चुनाव लड्ने चर्चा थियो । रिजाल प्रतिनिधि सभा सदस्यका लागि मोरङ २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार