• होमपेज
  • समाचार
  • विवेकशील साझा पार्टीले उमेदवार चयन गर्यो,रवीन्द्र मिश्र काठमाडौं – १ बाट चुनाव लड्ने

विवेकशील साझा पार्टीले उमेदवार चयन गर्यो,रवीन्द्र मिश्र काठमाडौं – १ बाट चुनाव लड्ने

  • सोमवार, अशोज २३, २०७४
विवेकशील साझा पार्टीले उमेदवार चयन गर्यो,रवीन्द्र मिश्र काठमाडौं – १ बाट चुनाव लड्ने

काठमाडौं,असोज २३ –

विवेकशील साझा पार्टीले उमेदवार चयन गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र अर्का संयोजक उज्ववल थापा काठमाडौं ५ नम्बर क्षेत्रबाट चुनावी मैदानमा होमिने भएका छन् ।

त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमशस् सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। त्यस्तै विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। र, अन्य उमेदवारहरु पनि क्रमशस् घोषणा गर्दै जाने पार्टीको नीति रहेको पार्टीले जनाएको छ।

‘हाम्रा होइन राम्रा’ नागरिकहरू नेतृत्वमा पुगुन् भन्ने उद्देश्यका साथ पार्टीको मूल्य९मान्यतासँग सामिप्यता राख्ने र विवेकशील साझाको उम्मेदवार बन्न इच्छुक नेपाली नागरीकहरूल पार्टीमा सम्पर्क गर्न आह्वान पनि गरिएको छ। चार वर्षअघि स्थापित विवेकशील नेपाली दल र ७ महिनाअघि स्थापित साझा पार्टीको बीचमा एकिकरण भइ विवेकशील साझा पार्टीको रुपमा पार्टी क्रियाशील रहँदै आएको छ। एकिकरणपछि पार्टीले चुनाव चिन्ह ‘तराजु’ प्राप्त गरेको छ भने मूख्य चुनावी नारा ‘अबको आशा स् विवेकशील साझा’ तय गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार