• होमपेज
  • Uncategorized
  • बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा १२ जनाको मृत्यु

बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा १२ जनाको मृत्यु

  • सोमवार, अशोज २३, २०७४
बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा १२ जनाको मृत्यु

काठमाडौँ,असोज २३ –

म्यानमारमा भड्किएको हिंसाका विस्थापित भएर बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा कम्तिमा १२ जनाको ज्यान गएको छ । रोहिंग्या मुसलमानको बसोबास रहेको म्यानमारको रखाइन प्रान्तमा पछिल्लो समय हिंसा भड्किएका कारण त्यहाँबाट रोहिंग्या मुलमान विस्थापित भएका छन् । विस्थापित मध्ये धेरैको गन्तव्य बंगलादेश बनेको छ । बंगादेश नजिक नाफ नदीमा डुंगा डुब्दा झण्डै एक सयजना हराइरहेको सरकारी अधिकारीले बताएका छन् । हराउने बालबालिका पनि रहेका छन् ।
अहिले उद्धारको काम भइरहेको छ । रखाइन प्रान्तमा सेनाको ज्यादतिका कारण चारलाखको हाराहारीमा रोहिंग्या मुसलमान विस्थापित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार