• होमपेज
  • समाचार
  • बिरगंज महानगरका प्रमुखलाई भरतपुरको स्वागत,भरतपुरको यसरी भयो प्रशंसा !

बिरगंज महानगरका प्रमुखलाई भरतपुरको स्वागत,भरतपुरको यसरी भयो प्रशंसा !

  • बिहिबार, अशोज १९, २०७४
बिरगंज महानगरका प्रमुखलाई भरतपुरको स्वागत,भरतपुरको यसरी भयो प्रशंसा  !

चितवन,असोज १९-

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सराबगीलाई स्वागत गर्नुभएको छ । आज (बिहिवार) आफ्नै कार्यकक्षमा सरावगीलाई फूलको गुच्छा मार्फत मेयर दाहालले स्वागत गर्नुभएको हो ।

मेयर दाहालले आर्थीक नगरी बिरगंजको प्रमुखमा निर्वाचित भएकोमा बधाई दिंदै सफल कार्यकालको शूभकामना ब्यक्क्त गर्नुभयो । यस्तै विरगन्जका मेयर सराबगीले रेणु दाहाललाई समेत बधाई ज्ञपान गर्दै सफल कार्यकालको शूभकामना दिनुभएको थियो ।

सो अवसरमा बोल्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले महानगरपालिकाहरूले बिकास निर्माण र प्रबिधी परिचालनमा एक आपसमा समन्वय र सहकार्य गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । उहांले भरतपुर महानगरपालिका बिरगंज महानगरपालिकासंग सहकार्य गर्न चाहेको वताउनु भयो ।

यस्तै विरगन्जका मेयर सराबगीले भरतपुर महानगरपालिकाले फोहोर मैला ब्यावस्थापनमा प्राप्त गरेको सफलताको बारेमा प्रशंसा व्यक्त्त गर्दै भरतपुरकै मोडल लागु गर्दै अगाडी बढ्न चाहेको बताउनु भयो । उहांले भन्नुभयो, भरतपुर पटक—पटक आउने गरेको छु, सधै सफा र रमणिय देख्छु बिरगंजले यसवाट राम्रै पाठ सिकेको छ । फोहोर ब्यावस्थापन, हरियाली र पार्कीङ ब्यावस्थापनमा भरतपुरले अपनाएको मोडेल विरगन्जमा लागु गरिने उहांको भनाई छ ।

सो अवसरमा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोसीले भरतपुर महानगरपालिकाको फोहोरमैला ब्यावस्थापन,बिकास निर्माणमा जनसहभागिता, प्रबिधी मैत्री कार्यालय ब्यावस्थापन र महानगरपालिकाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार