एजेन्सी, असोज ४ –
स्तनको शल्यक्रियाका लागि अस्पताल गएकी एक महिलालाई डाक्टरले बलात्कार गरेका छन् । यो घटना रुसको हो ।
डेली मेलमा छापिएको खबरका अनुसार ३१ वर्षीया पीडित महिलाले बताइन् कि उनी बच्चाको स्तनपानको समय सकिएपछि चिकित्सककोमा प्लास्टिक सर्जरीका लागि गएकी थिइन् । बताइएअनुसार शल्यक्रियापश्चातस् महिलालाई चिकित्सकले बलात्कार गरेका हुन् ।
महिलाले स्थानीय मिडियामा आफूमाथि भएको घटनाबारे भनिन्, ‘म कोठामा एक्लै थिएँ । उ मेरो कोठामा आयो र भन्यो कि सबै ठीक छ । चाँडै नै तिमीले ठीक भएको महशुश गर्नेछौ । त्यसपछि डाक्टरले मलाई बलात्कार गर्यो ।’ दुई बच्चाका पिता डाक्टरले शुरुआतमा यस आरोप इन्कार गरे तर पछि भने उनले आफूले गरेको अपराधलाई स्वीकार गरे ।
डाक्टरले आफ्नो अपराधलाई स्वीकार्दै भने कि आफू महिलाको सुन्दरता देखेर उत्तेजनामा त्यस्तो अवस्था आएको बताए । उनले भने, ‘महिलाको सुन्दरता देखेर मैले आफैंलाई रोक्न सकिनँ । डाक्टरलाई ६ वर्ष जेल सजाय सुनाइएको छ ।