• होमपेज
  • समाचार
  • रौतहटमा कांग्रेस र माओवादी बिच एक मतको हारेपछि फेरि मतगणनाको माग

रौतहटमा कांग्रेस र माओवादी बिच एक मतको हारेपछि फेरि मतगणनाको माग

  • बुधबार, अशोज ४, २०७४
रौतहटमा कांग्रेस र माओवादी बिच एक मतको हारेपछि फेरि मतगणनाको माग

काठमाडौं, असोज ४ –

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको चुनावको अहिले राजविराज नगरपालिकाबाहेक एक सय ३३ स्थानीय तहमा दुई सय ९८ टोलीबाट मतगणना भइरहेको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
यसैबिच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबिच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले फेरि मतगणनाका लागि निवेदन दर्ता गराएका छन् । यस विषयमा राजनीतिक सहमति कायम भएलगत्तै यो स्थानीय तहमा मतगणना फेरि सुरु हुने बताइएको छ ।
त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।
राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार