• होमपेज
  • समाचार
  • ठोरी गाउँपालिका २ को अध्यक्षमा काँग्रेसका तामाङ बिजयी

ठोरी गाउँपालिका २ को अध्यक्षमा काँग्रेसका तामाङ बिजयी

  • बुधबार, अशोज ४, २०७४
ठोरी गाउँपालिका २ को अध्यक्षमा काँग्रेसका तामाङ बिजयी

हेम चापागाई,

पर्सा (बिजयबस्ती) असोज–४

पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षका नेपाली काँग्रेस बिजयी भएको छ । नेपाली काँग्रेसका किशोर तामाङ ५५७ मत ल्याई अध्यक्षमा बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धि नेकपा एमालेका नर बहादुर क्षेत्रीले ४३६ मत प्राप्त गरेका छन् ।

गाउँपालिका तर्फ माओबादीको अग्रता कायमै

ठोरी गाउँपालिकाको प्रमुख पदमा नेकपा माओबादी केन्द्रका पी.एल श्रेष्ठ १००७ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका लालबहादुर श्रेष्ठ ९६० मतका साथ दोश्रो र काँग्रेसका जरी लामा ६८३ मतका साथ तेश्रो स्थानमा रहेका छन् । अहिले वडा नम्बर ३ को मतगणना जारी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार