• होमपेज
  • Uncategorized
  • मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० को मृत्यु

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० को मृत्यु

  • बुधबार, अशोज ४, २०७४
मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० को मृत्यु

काठमाडौं,असोज ४-

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १५०  जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।

मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना ८।१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।

तस्विरः एजेन्सी

 

Facebook Comments

सम्बन्धित समाचार