• होमपेज
  • समाचार
  • प्रचण्डलाई रामचन्द्रको चेतावनी: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा नउठाउनुहोस्

प्रचण्डलाई रामचन्द्रको चेतावनी: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा नउठाउनुहोस्

  • मङ्लबार, अशोज ३, २०७४
प्रचण्डलाई रामचन्द्रको चेतावनी: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा नउठाउनुहोस्

काठमाडौं, असोज ३–

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीलाई स्थापित गर्नको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने जोड दिएका छन् ।

नेपाली रेडियो नेटर्वकको प्रथम बार्षिकोत्सवमा नेता पौडेलले राजनीतिककर्मी ईमान्दार भएर मुलुकको भलाईको लागि लाग्ने हो भने राष्ट्रपतीय शासनको आवश्यकत्ता नरहेको बताउदै संसदीय प्रणालीलाई उचित प्रयोग गर्न सबैले एक हुनुपर्ने धारणा राखे ।

नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाको अध्यक्षमा सम्पन्न बार्षिकोत्सवमा नेता पौडेलले पछिल्लो समयमा आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले ‘प्रचण्ड’ले राष्ट्रपतीय शासनको पक्षमा दिएको अभिव्यक्तिलाई लिएर असन्तुष्टि पोखे । उनले भने,‘उहाँले दिएको अभिव्यक्तिप्रति मेरो विमति छ ।’

उनले भने,‘आज आएर प्रचण्डले राष्ट्रपतीय प्रणालीको कुरा गरिरहनुभएको छ, यो उचित होईन, प्रजातन्त्रको जननी बेलायत, हाम्रै छिमेकी राष्ट्र भारत कार्यकारी प्रधानमन्त्रीको अभ्यासबाट विकसित भएको उदाहरण हाम्रोसामु छ, भारतमा केही वर्षसम्म राष्ट्रपतीय प्रणाली लागु भएपनि पछि यही शासनलाई अँगीकार गरेको छ।’

पौडेलले अघि थपे,‘आज संविधान दिवस, र यस नेटवर्कको बार्षिकोत्सवको अवसरमा सबैलाई शुभकमना छ, सबैले ईमान्दार भएर लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्नुपर्छ, अनेक बाहनाबाजी गरेर अस्थिरता पैदा गर्नुहुँदैन।’

Facebook Comments

सम्बन्धित समाचार