• होमपेज
  • समाचार
  • नेपालको विकास र समृद्धिमा भारत जस्तोसुकै सहयोग गर्न तयार छः भारतीय राजदुत पुरी

नेपालको विकास र समृद्धिमा भारत जस्तोसुकै सहयोग गर्न तयार छः भारतीय राजदुत पुरी

  • मङ्लबार, अशोज ३, २०७४
नेपालको विकास र समृद्धिमा भारत जस्तोसुकै सहयोग गर्न तयार छः भारतीय राजदुत पुरी

काठमाडौं, असोज ३–

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपालमा अब प्रगतिको दिनहरु सुरु भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै राजदुत पुरीले यस्तो बताएका हुन् । उनले भारत नेपालको विकास र समृद्धिको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,“नेपालमा अहिले प्रगतिका संकेतहरु देखा परेका छन्, यो मेरो लागि खुशीको कुरा हो ।”

उनले नेपालले आज दोस्रो संविधान दिवस मनाएको प्रति खुशी व्यक्त गर्दै भने,“संविधान दिवस मनाउनु खुशीको कुरा हो, तर म अरु राजनीतिक विषयमा कुनै पनि टिकाटिप्पणी गर्न चाहन्न ।”

त्यस्तै उनले नेपाली रेडियोलाई प्रथम वर्ष पूरा गरि दोस्रो वर्षमा टेकेको भन्दै बधाई एवम् आगामी दिनमा अझै धेरै सफलताको लागि शुभकामना दिए । उनले भने,“यो रेडियोको देशव्यापी रुपमा ठूलो सञ्जाल रहेको छ, अझ यसको चर्चित कार्यक्रम नेपाली बहस त देशका सारा नेपाली जनताले अत्यन्तै मन पराएको देखें, यसको एउटै कारण हो ऋषि धमलाजी हो, उहाँको सक्रियता र क्षमता अदभुत छ, यसबाट म बास्तवमा निकै प्रभावित छु, त्यसैले उहाँको सम्मानमा उपस्थित् तपाई सम्पूर्णलाई ताली बजाएर उहाँलाई अभिनन्दन गरिदिन आग्रह गर्दछु ।”

रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदुत पुरीले धमलाको खुलेर प्रसंशा समेत गरे । मुलुकको समृद्धि, शान्ति, सूचना र विकासमा धमलाले उल्लेख्य भूमिका खेलेको बताउँदै पुरीले भने,“ऋषि वेलडन, हामी दोस्ति पनि हौँ, मेरो आग्रह छ, मेरो विचारमा नेपालले उच्च विकास गर्नेछ, धमलाजी जस्ता पत्रकारहरुले जनताको पक्षमा निरन्तर यसरी नै खटेर काम गर्नुहुनेछ्, आजसम्म मैले ऋषिजी जति खटेर काम गर्ने पत्रकार भेटेको छैन् ।”

नेपालीहरुको नजिकिँदै गरेका दशैं, तिहार र छठ जस्ता चाडपर्वहरुको शुभकामना दिँदै राजदुत पुरीले भने,“नेपालमा राजनीति स्थायी हुनुपर्छ, अनि मुलुकले दिगो विकासको लक्ष्य चुम्छ, राजनीतिक दलहरुले ईमान्दार भएर मुलुकको भविष्य बनाउनुपर्छ ।”

Facebook Comments

सम्बन्धित समाचार