• होमपेज
  • Uncategorized
  • आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईदै, छिमेकी राष्ट्रहरुले दिए शुभकामना

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईदै, छिमेकी राष्ट्रहरुले दिए शुभकामना

  • मङ्लबार, अशोज ३, २०७४
आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाईदै, छिमेकी राष्ट्रहरुले दिए शुभकामना

काठमाडौँ, असोज ३–

आज असोज ३ अर्थात संविधान दिवस । वि.सं.२०७२ सालमा आजकै दिन तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाको नेतृत्वले संविधान निर्माण गरेको थियो । जनताले चुनेको प्रतिनिधिले संविधान बनाएकोले विश्वकै उत्कृष्ट संविधान बनेको नेताहरुले दावी गर्दै आईरहेका छन् । यद्यपी संविधान पूर्ण नभएको भन्दै मधेसी दल र विभिन्न समुदायहरुले बिरोध गर्दै आईरहेका छन् । पहिलो पटक नबनेको संविधान २०७० सालको दोस्रो चोटीको संविधानसभा चुनावबाट प्रतिनिधित्व गरेका सभासदहरुले संविधान निर्माण गर्न सफल भए ।

छिमेकी राष्ट्रद्धारा संविधान सफलताको शुभकामना

नेपालको संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीनलगायत देशले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबीच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।

त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जापानी सम्राट् अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देशमा राष्ट्रिय एकता आवश्यक छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको बताउनुभएको छ ।

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरी निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढ्नेमा केन्द्रित हुन सबैमा आग्रह गर्दै यतिबेला देशलाई राष्ट्रिय एकताको आवश्यकता परेको बताउनुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार