• होमपेज
  • समाचार
  • महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत मतदान

महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत मतदान

  • सोमवार, अशोज २, २०७४
महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत मतदान

महोत्तरी, असोज २ –

महोत्तरीमा अहिलेसम्म ५० प्रतिशत खसेको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।
चुनावका बेला बिना पास गाडी चलाएको भन्दै प्रहरीले ११ वटा मोटरसाइकल, २ वटा स्कुटी र २ वटा चार पाङ्ग्रे गाडी नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

निर्वाचन आयोगले अशक्त, विरामी, बृद्धबृद्धाहरुको लागि अलगै लाइनको व्यवस्था नगरिनु निर्वाचन आयोगको कमी रहेको स्थानीय बासिन्दाको आरोप छ ।
यता सर्लाहीमा राजपाका शीर्ष नेतामध्ये राजेन्द्र महतो र महेन्द्र यादवले मतदान गरेता पनि महन्थ ठाकुर अस्वस्थको कारण देखाउँदै चुनावमा सहभागी हुनु भएन । यता राजपा अर्का शीर्ष नेता शरतसिंह भण्डारीले औरही नगरपालिकामा मतदान गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार