• होमपेज
  • समाचार
  • नारायणटारमा करेन्ट लागेर एक कामदारको मृत्यु

नारायणटारमा करेन्ट लागेर एक कामदारको मृत्यु

  • आइतवार, अशोज १, २०७४
नारायणटारमा करेन्ट लागेर एक कामदारको मृत्यु

भक्तपुर, असोज १ –

भक्तपुरको चाँगुनारायण नगरपालिका –४, नारायणटारमा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ ।
नारायणटारमा रहेको विद्युतको ट्रान्सफर्मरमा अचानक विद्युत सर्ट भएर नजिकै अनिल ढुंगानाको बनाउदै गरेको ट्रष्टमा वेल्डिङको काम गर्दै गरेको सिन्धुपाल्चोक तौथली –५, का १९ वर्षका सन्तोष श्रेष्ठको ज्यान गएको हो ।
करेन्ट लागेर घाइते भएलगत्तै श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । श्रेष्ठको उपचार कै क्रममा मृत्यु भएको र घट्नाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार