• होमपेज
  • मनोरञ्जन
  • ‘छक्का पञ्जा २’ को ‘रोड शो’ भोली नारायणी किनारमा

‘छक्का पञ्जा २’ को ‘रोड शो’ भोली नारायणी किनारमा

  • शनिबार, भदौ ३१, २०७४
‘छक्का पञ्जा २’ को ‘रोड शो’ भोली नारायणी किनारमा

चितवन, भदौं ३१–

बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को रोड शो भोली (आईतबार) चितवनमा हुने भएको छ । पूर्वी नेपालबाट सुरु भएको रोड शो चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुन लागेको हो ।

‘रोड शो’ को चितवनमा यु टर्न मार्केटिङ सोलुसन्स प्रा.लि.र चितवन ग्रीन लियो क्लवले व्यवस्थापन गरेको छ । ‘रोड शो’ को सम्पूर्ण तयारी पुरा भईसकेको चितवन ग्रीन लियो क्लवका निवर्तमान अध्यक्ष इ.पुस्कर कोइरालाले जानकारी दिनुभयो । ‘रोड शो’ लाई व्यवस्थित र भव्य बनाउन जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकासंग अनुमति लिएर काम गरिएको कोइरालाले बताउनुभयो ।

‘रोड शो’ भोली दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चल्ने क्लवका निवर्तमान अध्यक्ष कोइरालाले बताउनुभयो ।

बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को प्रमोशनका लागि ‘रोड शो’ आयोजना गरिएको हो । भदौं २९ गते पूर्वबाट सुरु भएको ‘रोड शो’ पश्चिममा गएर सकिने छ ।

‘रोड शो’ मा कलाकारहरु दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), गायक हेमन्त शर्मा, स्वरुप ढकाल, चलचित्रकी निर्देशक दिपाश्री निरौला, नायिका प्रियंका कार्की, वर्षा राउत र स्वस्तिमा खड्काको उपस्थिति रहने इभेन्ट म्यानेजर भिष्म संग्रौलाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा