• होमपेज
  • समाचार
  • दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

  • शनिबार, भदौ ३१, २०७४
दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

बाबियाचौर (म्याग्दी),भदौ ३१ –

हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ ।

बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ ।

भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ ।

दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ ।

मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा ९च्यालु०लाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताउनुभयो ।

यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ । मुस्ताङका कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाउने क्रम शुरु भएको कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताउनुभयो ।

खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । जोमसोमदेखि बेनीसम्म हिँडाएर ल्याउने भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारसम्म पु¥याउने गरिएको छ ।

भेडाच्याङ्ग्रा खरिद गर्नका लागि खाद्य संस्थानको टोली जोमसोम पुगिसकेको छ । गत वर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र आठ हजार च्याङ्ग्रा निकासी गरेर रु २७ करोड आम्दानी गरेका थिए । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा