• होमपेज
  • Uncategorized
  • चितवनमा युरिया मलको अभाव,कृषि सामाग्रीसंँगै छैन् युरिया मल !

चितवनमा युरिया मलको अभाव,कृषि सामाग्रीसंँगै छैन् युरिया मल !

  • शुक्रबार, भदौ ३०, २०७४
चितवनमा युरिया मलको अभाव,कृषि सामाग्रीसंँगै छैन् युरिया मल !

चितवन,भदौं ३० –

चितवनमा युरिया मलको अभाव भएको छ । सरकारी निकायले माग अनुसारको आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो । धान पसाउने बेलामा बजारमा युरिया मलको अभाव भएपछि किसानहरु चिन्तित भएका छन् । धानमा पहेलो हुने रोग लाग्यो भने त्यसको निराकरणको लागि किसानहरुले युरिया मलको प्रयोग गर्ने गर्दछन् । धान पसाउने बेलामा मल नपाएपछि किसानहरु मल खोज्न अन्य जिल्लामा समेत पुग्ने गरेका छन् ।

भरतपुरमा रहेको हाम्रो सहरकारी सँस्थामा युरिया लिन आएका भरतपुर ४ लंकुका किसान दुर्गा कंडेलले सरकारी निकाएको चरम लापरवाहीका कारण मल पाउन सधैं सास्ती खेप्नु परेको वताए । उनले १० बजे लाईन वसेर २ बजे २० किलो मल पाएको वताए । आफुले आवश्यकता भन्दा कम मल पाएको उनले दुःखेसो गरे । युरिया मल विना खेतिपाती हुन छाड्यो उनले भने,सरकारले समयमै सहज रुपमा मल उपलव्ध गराइदिए हामी जस्ता किसानलाई ठुलो राहत हुने थियो ।

चितवनमा कृषि सामाग्री कम्पनी लिमिटेड र नेपाल साल्ट टे«डिङ कर्पोरेशनले सहकारीलाई मल दिने गर्छन । चितवनका १ सय ५० सहकारी मार्फत किसानका लागी मल वितरण गर्ने गरिएको छ । बढी मल वितरण गर्ने कृषि सामाग्री कम्पनी लिमिटेडमा भने युरिया मल छैन् । “यसवर्ष पुरानो स्टक युरिया मल विक्री गरेर सकियो,नयाँ खरिदको मल आएको छैन्,कृषि सामाग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रविन्द्र गौतमले भनेः टेण्डर प्रक्रियामा भएको ढिलाइका कारण मलको अभाव भएको हो ।” प्रदेश नम्वर २ को निर्वाचनका कारण पनि मल आपुर्तीमा ढिलाई भएको उनको दावी छ । विरगन्ज स्थित कार्यालयका सवै कर्मचारी यतिवेला निर्वाचनमा खटिएका कारण आपुर्तिमा समस्या भएको गौतमको भनाई छ । चितवनमा व्यवसायीक रुपमा कृषि पेशा गर्नेक्रम वढ्दो छ, प्रमुख गौतमले भनेःत्यसकारण पनि रासायनिक मलको माग वढी छ । सरकारले कोटा नबढाए अभाव रहिरहने उनको भनाई छ ।

साल्ट टे«डिङ कर्पोरेशन चितवन शाखा प्रमुख वुद्धी विनोद दाहालले आफुहरुसंग पनि प्रयाप्त युरिया मल नभएको स्विकार गरे । उनले दैनिक ७ सय देखी १३ सय वोरा सम्म मल विक्री गरेको वताए । कार्यालयले भदौं महिनामा ११ हजार वोरा मल वितरण गरेको उनले जानकारी दिए । साल्ट टे«डिङ कर्पोरेशन विरगन्जले १७ जिल्लामा मल वितरण गर्ने गरेको छ, यो सिजनमा सवै जिल्लामा माग उत्तिकै छ,दाहालले भनेः त्यसकारण पनि चितवनमा माग अनुसारको मल आउन सकेको छैन् । यो समस्या केही दिनमै समाधान हुने उनको दावी छ । चितवन र गोर्खामा साल्ट टे«डिङ कर्पोरेशन चितवन शाखाले मल उपलव्ध गराउदैं आएको दाहालले वताए । यो सिजनमा गोर्खा भन्दा चितवनमा वढी माग भएकाले कार्यालयले बढी मल यहि वितरण गरेको दाहालको भनाई छ ।

यो सिजनमा चितवनमा दैनिक १५ हजार मेट्रिकटन मलको माग छ । यस मध्य डिएपी र पोटास प्रयाप्त मात्रामा छ,भने युरियाको अभाव छ । देशभर दैनिक २ लाख ८५ हजार मेट्रिकटन मल खपत हुने गरेको छ भेन माग भने दैनिक ५ लाख मेट्रिकटन रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनले पनि किसानले समयमै मल प्राप्त गर्न नसके धान उत्पादनमा कमी आउने बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार