• होमपेज
  • समाचार
  • क्यान्सर अस्पताल भरतपुरका डाक्टरले कटारीमा दुई दिन सेवा दिने

क्यान्सर अस्पताल भरतपुरका डाक्टरले कटारीमा दुई दिन सेवा दिने

  • शुक्रबार, भदौ ३०, २०७४
क्यान्सर अस्पताल भरतपुरका डाक्टरले कटारीमा दुई दिन सेवा दिने

चितवन,भदौं ३०-

कटारी मोडेल हेल्थ केयरमा भरपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञले उपचार सेवा दिने भएका छन्। आगामी असोज ६ र ७ गते दुई दिन क्यान्सर अस्पतालका डा अरुण सिग्देल र डा दीपक सिंहले उपचार सेवा दिने भएका हुन्।

उदयपुर कटारी क्षेत्रमा रहेका बिरामीलाई लक्षित गर्दै उपचार सेवा दिन लागेको कटारी मोडल हेल्थले जनाएको छ। क्यान्सरको चेकअपका लागि भरतपुर नै पुग्नु पर्ने बाध्यता रहेकाले भरतपुरकै डाक्टर ल्याएर बिरामीको चेक जाँच गराउन लागेको अस्पतालका डा गणेश लाल दासले जानकारी दिए।

‘यहाँदेखि भरतपुर जान आउन धेरै खर्च लाग्नुका साथै समय पनि बढी लाग्ने भएकाले बिरामीहरु उपचारमा जाने गरेका छैनन्,’ उनले भने, ‘त्यही भएर त्यहाँ हुने सेवा यहीबाट दिन दुई दिने कार्यक्रम बनाइएको हो ।’

दुई दिने कार्यक्रम अन्तर्गत स्तन क्यान्सर, पाठेघर क्यान्सर, पेटको क्यान्सर, हार्ड जोर्नीमा हुने क्यान्सरको चेक जाँच गरिने डा दासले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार