• होमपेज
  • समाचार
  • माडी साँस्कृतिक उत्सव आजदेखि, गृहमन्त्री शर्माले उद्घाटन गर्दै

माडी साँस्कृतिक उत्सव आजदेखि, गृहमन्त्री शर्माले उद्घाटन गर्दै

  • शुक्रबार, भदौ ३०, २०७४
माडी साँस्कृतिक उत्सव आजदेखि, गृहमन्त्री शर्माले उद्घाटन गर्दै

सुवास लामिछाने,

चितवन, भदौं ३०–

चितवनको माडीमा आज (विहीबार)देखी माडी साँस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला–२०७४ सुरु हुँदैछ ।

असोज ८ गतेसम्म चल्ने मेलाको उद्घाटन गृहमन्त्री जनार्दन शर्माले गर्ने आयोजक ग्रामिण सञ्चार सञ्चार माडीका अध्यक्ष सूर्य प्रसाद पाठकले जानकारी दिनुभयो । करिव ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

‘ऐतिहासिक, धार्मिक तथा पर्यटन माडीको पहिचान, कला सँस्कृति सम्वद्र्धन र सम्मुन्नत माडी हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागिरहेको मेलामा १२० स्टल, बाल उधान, माडी नृत्य आइडल, राष्ट्रिय कलाकारहरुको प्रस्तुती र माडीका सँस्कृति र पहिचान झल्कने झाँकीहरुको प्रस्ुतती समेत रहने आयोजक कमिटिका सचिव विकाश भुषालले जानकारी दिनुभयो ।

उत्सवमा लोकदोहोरी तर्फ पशुपति शर्मा, रामजी खाँड, ज्योती मगर, नविन पौडेल, दिपक खड्का, प्रिति आले, ढाकाराम पौडेल, भुमिका गिरी, उमादेवी खनाल, प्रदिप त्रिपाठी, गोविन्द अधिकारी, आधुनिक तर्फ हेमन्त शर्मा, कमल खत्री, अर्जुन कौशल, सहिमा श्रेष्ठ, पप गीततर्फ सुनिल गिरी, विकाश पाण्डे, सन्तोष बस्याल, हास्य विधातर्फ बल्छी धुव्रे, राजु मास्टर डान्सर तथा मोडल विनु खड्का, डान्सर प्रदिप सापकोटा, जादुगर बलराम सरकार लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नियमित प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार