संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवः उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन्। बिहान ८ बजे बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ। यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन्।
शरत्सिंह भण्डारी : पर्साको चुनावी प्रचारमा सहभागी हुनेछन्। उनी वीरगन्ज महानगरपालिकाका वडामा केन्द्रित कार्यक्रममा सहभागी हुने राजपा महामन्त्री केशव झाले जानकारी दिए।
महेन्द्र राय यादव: सर्लाहीका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी हुने राजपा नेता उपेन्द्र महतोले जनाकारी दिए।
राजेन्द्र महतो : शुक्रबार बिहान धनुषा र राजविराजको कार्यक्रममा सहभागी भएर दिउँसो रौतहटको गौरमा व्यस्त हुनेछन्।
मनीष सुमन र केशव झा : महामन्त्री मनीष सुमन शुक्रबार सप्तरीको फकिरा, तोपा र कल्याणपुर गरी तीन स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन्। महामन्त्री केशव झा सप्तरीकै तिलाठी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा सहभागी हुनेछन्।
अनिल झा : शुक्रबार बिहान जनकपुर उपमहानगरको कार्यक्रममा सहभागी भई दिउँसो रौतहटको गौर र आसपासका स्थानीय तहमा प्रचारप्रसारमा व्यस्त हुनेछन्।
नेपाल लोकतान्त्रिक फोरम :
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्। पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन्। लोकतान्त्रिक फोरमले प्रदेश नं. २ को स्थानीय तह निर्वाचन परिचालनका लागि १५२ केन्द्रीय सदस्य खटाएको छ। सबैले आ–आफ्नो जिम्मेवारीअनुरूपको काम गरिरहेको महामन्त्री मल्लिकले जानकारी दिए।
राप्रपा :
राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन्। राप्रपाले प्रदेश नं. २ अन्तर्गतका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको थियो। तामाङले शुक्रबार १ बजे बाराको अमलेखगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको बताए।
राप्रपा प्रजातान्त्रिक :
निर्वाचनको प्रचारप्रसारको कार्यक्रममा सहभागी हुन राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा शुक्रबार प्रदेश नं. २ मा पुग्दै छन्। राणाका स्वकीय सचिव केशव कटुवालका अनुसार उनले दिउँसो साढे १ बजे बाराको परवानीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि पर्साको वीरगन्जमा रहेको भिस्वा होटेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। राप्रपा प्रजातान्त्रिकले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलसँग तालमेल गरेको छ।
बाबुराम शनिबार बिहानसम्म प्रदेश नं. २ मै
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन्। शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन्। बाराको सिमरामा बिहान १० बजे कार्यक्रम राखिएको नयाँ शक्तिले जनाएको छ। त्यसपछि ११ बजे रौतहटका विभिन्न क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न जानेछन्। दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ।
रामचन्द्र पौडेल
डा. शशांक कोइराला
झलनाथ खनाल
माधवकुमार नेपाल
दलहरूको चुनावी आकलन :