• होमपेज
  • समाचार
  • बिहेको समय आउनै लाग्दा कपिललाई छोडिन् गर्लफ्रेण्डले, यसकारण टुट्यो हुनै लागेको बिहे

बिहेको समय आउनै लाग्दा कपिललाई छोडिन् गर्लफ्रेण्डले, यसकारण टुट्यो हुनै लागेको बिहे

  • बिहिबार, भदौ २९, २०७४
बिहेको समय आउनै लाग्दा कपिललाई छोडिन् गर्लफ्रेण्डले, यसकारण टुट्यो हुनै लागेको बिहे

मुम्बई,भदौं २९-

कमेडियन कपिल शर्माले आफ्नी गर्लफ्रेण्डसँग बिहे गर्ने तयारी गरिरहँदा एक्कासी उनको बिहे टुटेको छ । उनलाई गर्लफ्रेण्ड गिन्नी चतरथले छोडेकी छिन् । गिन्नीसँग हुनै लागेको बिहे तोड्नको लागि कपिलको शोकै पूर्व सदस्यको हात रहेको बताइएको छ । कपिलको शोकी यी पूर्व सदस्यले सधैं कपिलको विरुद्धमा काम गर्ने गरेको पनि रिपोर्टमा जनाइएको छ ।

कपिलकी यी पूर्व टिम मेम्बर को हुन् भन्नेबारे कुनै जानकारी दिइएको छैन तर उनले कपिलसँग एकतफी प्रेम गर्ने मिडिया रिपोर्टमा जनाइएको छ । अर्कोतर्फ यी पूर्व टिममेम्बरको विरुद्ध कपिल स्वयंले पनि केही सुन्न नचाहने गरेको बताइएको छ । यी पूर्व सदस्यले सधैं कपिलको विरुद्धमा काम गर्ने र सुनिल ग्रोवरसँग भएको कपिलको झगडाको विषय मिडियामा पनि यिनैले ल्याएको बताइएको छ ।

यी पूर्व सदस्य आफ्नो र कपिलको बीचमा कसैलाई आउन दिन्निन । यिनैसँगको सम्बन्धको बारेमा यी पूर्वसदस्इ आफैंले मिडियामा हल्ला गर्न थालेपछि कपिल आफैंले गिन्नीसँग आफ्नो बिहेको हल्ला चलाएर यिनलाई चुप बनाएको बताइन्छ ।

Facebook Comments

सम्बन्धित समाचार