• होमपेज
  • Uncategorized
  • सामाजिक संस्थाको सक्रियता आवश्यक छः मेयर वन

सामाजिक संस्थाको सक्रियता आवश्यक छः मेयर वन

  • बिहिबार, भदौ २९, २०७४
सामाजिक संस्थाको सक्रियता आवश्यक छः मेयर वन

चितवन, भदौं २९–

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सामाजिक क्षेत्रमा काम गर्ने सँस्थाहरुको सक्रियता आवश्यक भएको बताएका छन् ।

युथ क्लव नारायणगढले रत्ननगरको शान्ति चोकमा आयोजना गरेको वृहत रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक सेवामा सँस्थाहरुको सक्रियता आवश्यक जरुरी रहेको बताए । बाढी पहिरो प्राकृतिक विपत्तिमा सामाजिक सँस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताए । गएको साउन महिनामा आएको बाढीले नगर क्षेत्रका धेरै स्थानमा असर परेको भन्दै त्यसको असर जनमानमा परी बिरामीको संख्यामा समेत वृद्धि भएको बताए ।

बिरामीको संख्या बढ्दा रगतको आवश्यकता हुने हुनाले रक्तदान कार्यक्रमको महत्व अझ बढेर गएको बताए । अहिले विभिन्न कारणले गर्दा रगतको अभाव भएकाले सामाजिक क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले रक्तदानको कार्यक्रम आयोजना गरिदिन अनुरोध गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ३ का अध्यक्ष गुप्तनाथ भट्टराइ, लायन्स डिष्ट्रिक ३२५ वी २ का एमएफजेका पूर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, सह–आयोजक सँस्था लायन्स क्लव अफ नारायणगढ दियालोका अध्यक्ष शंकर नेपाल, लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष विनोद घिमिरे, लायन्स क्लव अफ बेल्सीका अध्यक्ष सुजन न्यौपानेलगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सिर्जनशील युवा समूहका राजेन्द्र सापकोटा, शान्ति ज्योति युवा क्लवका अध्यक्ष सुनिल तामाङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा युथ क्लव नारायणगढसहित विभिन्न ५ वटा सँस्थाको आयोजामा सम्पन्न भएको थियो । रक्तदान महिला पुरुष दुवैले गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार