• होमपेज
  • मनोरञ्जन
  • बिष्णु खत्रीको ‘यो दशैमा घर आउदिन’मा बिमल (भिडियो)

बिष्णु खत्रीको ‘यो दशैमा घर आउदिन’मा बिमल (भिडियो)

  • बिहिबार, भदौ २९, २०७४
बिष्णु खत्रीको ‘यो दशैमा घर आउदिन’मा बिमल (भिडियो)

चितवन,भदौ २९ –

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको ‘यो दशैमा घर आउदिन’ गीत बजारमा आएको छ। ‘यो दशैमा घर आउदिन’ यस गीत सेप्टम्बर १३ मा युटुब मार्फत रिलिज गरिएको हो। खत्रीको शब्द तथा लय संकलन गरेको गीतमा उनलाई गायिका देवी खत्रीले साथ दिएकी छिन् ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि.सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन ।

निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा विमल के.सी र मोडल टिना श्रेष्ठको अभिनय रहेको छ । छायांकानमा प्रकाश खड्काले साथ दिनु भएको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=kx2UOWOM7co

Facebook Comments

सम्बन्धित समाचार