• होमपेज
  • समाचार
  • मुसहर बस्तीमा पसेको गोहीको उद्धार, उद्धारमा खटिदा ५० हजारको क्षति

मुसहर बस्तीमा पसेको गोहीको उद्धार, उद्धारमा खटिदा ५० हजारको क्षति

  • बुधबार, भदौ २८, २०७४
मुसहर बस्तीमा पसेको गोहीको उद्धार, उद्धारमा खटिदा ५० हजारको क्षति

ज्ञानु पंगेनी,

नवलपरासी, भदौं २८–

नवलपरासीको कावासोती–७ साढ मुसहर बस्तीमा बुधबार गोही फेला परेको छ ।

साँढे ९ फिट लम्बाई र ३७ ईन्च चौडाई रहेको घडीयाल पोथी गोही फेला परेको हो । मुहसर समुदायले सामूहिक रुपमा माछा पालन गर्ने पोखरीमा माछा खाएर नजिकैको वाण खोलामा फर्कदै गर्दा खोलामा नुहान गएको ५/५ जनाको युवाहरुको समूहले गोहीलाई देखेपछि लामिचौर मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष बासुदेव पौडेललाई खबर गरेको स्थानीयबासी जितबहादुर मुसहरले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज लौखानी रेञ्ज पोष्टका रेन्जर शुसिल झालाई खबर गरेर उनैको रोहबरमा सो गोहीलाई समातेर ट्याक्टरमा राखेर नारायणी नदिमा छाडिएको लामिचौर मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष पौडेले बताए ।

यसैबीच गोहीलाई नियन्त्रणमा लिएर ट्याक्टरमा राख्नेक्रममा रेञ्जर झा र एक जना स्थानीय युवा घाईते भएका छन । उनीहरु दुवैजनालाई खुट्टा र हातमा गोहीले हानेर घाउ भएको पौडेलले बताएका छन् । यस्तै खोलाबाट गोही समाउनेक्रममा स्थानीय ३ जनाको मोवाईल समेत खोलामा खसेको र लामिचौर मध्यवर्ती उपभोक्ता समितीको क्यामेरा समेत पानीमा खसेर कम्तीमा ५० हजार बराबरको नोक्सान भएको पौडेलले बताएका छन ।

Facebook Comments

सम्बन्धित समाचार