• होमपेज
  • समाचार
  • छोराका हत्याराविरुद्ध चितवनमा रहेको मुद्दा काठमाडौं सार्न गगांमायाको अपिल

छोराका हत्याराविरुद्ध चितवनमा रहेको मुद्दा काठमाडौं सार्न गगांमायाको अपिल

  • बुधबार, भदौ २८, २०७४
छोराका हत्याराविरुद्ध चितवनमा रहेको मुद्दा काठमाडौं सार्न गगांमायाको अपिल

काठमाडौं, भदौ २८ –

आफ्ना छोराको हत्यारालाई कानूनी कारवाही गराउन माग गर्दै लामो समयदेखि संघर्षरत गंगामाया अधिकारीले चितवनमा दायर मुद्दालाई काठमाडौं जिल्ला अदालतमा सार्न अपील गरेकी छन् ।

हाल मुद्दा चलिरहेको चितवन जिल्ला अदालतबाट निस्पक्ष न्याय सम्पादन हुने वातावरण नभएको भन्दै मुद्दा सारिपाउ गंगामायाले पाटन उच्च अदालतसमक्ष निवेदन पेश गरेकी हुन् ।

चितवन अदालतमा आफ्ना पक्षका कानून व्यवसायीमाथि विपक्षीबाट हुलहुज्जत र धम्की दिने जस्ता कार्य बारम्बार हुने गरेको भन्दै उनले निष्पक्ष सुनुवाईका लागि मुद्दा काठमाडौं सारिदिन आग्रह गरेकी हुन् । अदालतसमक्ष आफैं उपस्थित भई गंगामायाले पेश गरेको निवेदनमा डरत्रास र धम्कीकै कारण चितवनका स्थानीय वकीलहरुबाट बहस हुने अवस्था नभएको, साक्षी बकपत्र हुन नसकेको अवस्था रहेको उल्लेख छ ।

उनले बहस पैरवी सकेर बहस नोट पेश गर्दासमेत पटक–पटक मुद्दा पेशी चढाउने, इजलाश बस्ने तर फैसला नगर्ने खेल भएको पनि निवेदनमा उल्लेख गरेकी छन् । अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीका कार्यकर्ताले २०६२ साल जेठ २४ गते चितवनमा अपहरण गरी हत्या गरेका थिए ।

सोही हत्यामा संलग्नहरुलाई कार्वाही गरी आफूलाई न्याय दिन माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले लामो समयदेखि विभिन्न उपाय र आग्रह गर्दै आएपनि सुनुवाई नभएपछि आमरण अनशनसमेत बस्नु भएको थियो । न्याय प्राप्तिका लागि अनशनरत नन्दप्रसाद अधिकारीको ३ सय ३३ औं दिन २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको नन्दप्रसाद अधिकारीको पार्थिव शरीरको अझैसम्म दाहसंस्कार हुन सकेको छैन । एसएलसी दिएर चितवनमा रहेका आफन्त भेट्न गएका गोरखा फुजेलका १७ बर्षिय कृष्णप्रसादलाई माओवादीले सुराकीको आरोपमा पक्राउ गरी हत्या गरेका थिए । तत्कालै कृष्णप्रसादका दाईले हत्यामा संलग्न भन्दै गोरखा फुजेलका छविलाल पौडेलसहित १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा