• होमपेज
  • समाचार
  • हामी जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ – डा. बाबुराम भट्टराई

हामी जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ – डा. बाबुराम भट्टराई

  • बुधबार, भदौ २८, २०७४
हामी जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ – डा. बाबुराम भट्टराई

काठमाडौँ,भदौ २८ –

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन्।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा पुगेका संयोजक डा भट्टराईले बुधवार आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए। मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो।

‘हामी जे बोल्छौं, त्यही गर्छौं’, उनले भने,‘हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौं, जे बोल्छौं, त्यो गरेरै छाड्छौं।’

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो। – रासस

Facebook Comments

सम्बन्धित समाचार