• होमपेज
  • समाचार
  • २०० जना पाइलटले एकै पटक एक्कासी बिदा लिदाँ १०० उडान रद्द

२०० जना पाइलटले एकै पटक एक्कासी बिदा लिदाँ १०० उडान रद्द

  • बुधबार, भदौ २८, २०७४
२०० जना पाइलटले एकै पटक एक्कासी बिदा लिदाँ १०० उडान रद्द

बर्लिन (जर्मनी), भदौ २८ –

जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् ।

चालकहरूले छोटो समयमा सूचना दिई विदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए ।

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको’ सज्ञा दिँदै भने, ‘चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको बताउनुभयो ।’ यस घटनाले विमान कम्पनीको ख्यातिमाथिसमेत प्रभाव परेको उनले बताए।
उनले थपे, ‘यसरी हामीले केही मात्र कर्मचारी तथा चालकदलका सदस्यलाई रोजगारीको सुरक्षा गर्नसकिने हुन्छ ।’ चालकदलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने बताए ।
जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् ।
एअर बर्लिनले कम्पनी बर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्चदिन रोकेपछि कर्मचारीको तलवसमेत दिइएको छैन । एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ । – रासस/सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा