• होमपेज
  • समाचार
  • संघ र प्रदेशको चुनाव हुन नदिन अनेक खेल भइरहेका छन् : नेता पौडेल

संघ र प्रदेशको चुनाव हुन नदिन अनेक खेल भइरहेका छन् : नेता पौडेल

  • बुधबार, भदौ २८, २०७४
संघ र प्रदेशको चुनाव हुन नदिन अनेक खेल भइरहेका छन् : नेता पौडेल

इटहरी,भदौ २८ –

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको आरोप लगाएका छन् ।
नेता पौडेलले बुधबार इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि देशमा संवैधानिक रिक्तता ल्याएर अस्थिरता पैदा गर्न खोज्ने षड्यन्त्रका विरुद्ध सबैले मिलेर पर्दाफास गर्न जरुरी रहेकामा जोड दिए ।
उनले अब सबै नेपाली मिलेर संविधानका पूर्ण कार्यान्वयनसँगै देशलाई समृद्ध पार्ने साझा अभियानमा एक ढिक्का भएर अघि बढ्न जरुरी छ भने ।

Facebook Comments

सम्बन्धित समाचार