• होमपेज
  • समाचार
  • वीरगञ्जमा करेन्ट लागेर उम्मेदवारकी श्रीमतीको मृत्यु

वीरगञ्जमा करेन्ट लागेर उम्मेदवारकी श्रीमतीको मृत्यु

  • बुधबार, भदौ २८, २०७४
वीरगञ्जमा करेन्ट लागेर उम्मेदवारकी श्रीमतीको मृत्यु

पर्सा, भदौ २८ –

वीरगञ्जमा एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ की प्रतिमा सिंह ठकुरीको करेन्ट लागेर ज्यान गएको हो । उहाँ नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार प्रदीप सिंह ठकुरीको श्रीमती हुनुहुन्थ्यो ।
पानी तान्ने मोटरबाट करेन्ट लिक भएको अवस्थामा धारा चलाउँदा उहाँलाई करेन्ट लागेको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार