• होमपेज
  • समाचार
  • धनगढीमा प्राधिकरणको महसुल नबुझाउने कालो सूचीमा

धनगढीमा प्राधिकरणको महसुल नबुझाउने कालो सूचीमा

  • बुधबार, भदौ २८, २०७४
धनगढीमा प्राधिकरणको महसुल नबुझाउने कालो सूचीमा

धनगढी,भदौ २८ –

नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।

लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो । कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।

यी ग्राहकबाट महसुलबाफत रु ३३ लाख रकम असुल गर्न बाँकी छ । विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण धनगढी शाखाले महसुुल नबुझाई बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेको हो ।

तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ । लाइन काटिएसँगै कतिपय ग्राहकले बक्र्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन् । गत असारमा नेपाल विद्युत् प्राधिकरण धनगढीको झण्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु पाँच करोड ४३ लाख छ । ग्राहकतर्फ रु एक करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु एक करोड, उद्योगतर्फ रु दुई करोड र सामुदायिक क्षेत्रतर्फ रु एक करोड बक्यौैता रहेको प्राधिकरणले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा