• होमपेज
  • समाचार
  • पोखरामा बुद्ध लामालाई भव्य स्वागत

पोखरामा बुद्ध लामालाई भव्य स्वागत

  • मङ्लबार, भदौ २७, २०७४
पोखरामा बुद्ध लामालाई भव्य स्वागत

पोखरा,भदौं २७-

नेपाल आइडलको फाइनलमा प्रवेश गरेका पोखरेली गायक बुद्ध लामालाई पोखरामा भव्य स्वागत गरिएको छ। एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शोमा सहभागी लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो।

उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित छन्।आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो।

बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए। स्वागतपछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराइयो। स्वागत कार्यक्रममा युवा, बिद्यार्थी, संगित प्रेमी, तमाङ समाज र बुद्धका आफन्तको बाक्लो उपस्थिती रहेको थियो। गृह नगरमा आएका लामा निकै खुशि मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार