• होमपेज
  • समाचार
  • त्रिशूलीमा ट्रक खस्यो, एक जना घाईते

त्रिशूलीमा ट्रक खस्यो, एक जना घाईते

  • सोमवार, भदौ २६, २०७४
त्रिशूलीमा ट्रक खस्यो, एक जना घाईते

चितवन, भदौ २६–

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते हुनुभएको र उहाँको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार