• होमपेज
  • समाचार
  • प्रसूति गराउने क्रममा महिलाको मृत्यु

प्रसूति गराउने क्रममा महिलाको मृत्यु

  • सोमवार, भदौ २६, २०७४
प्रसूति गराउने क्रममा महिलाको मृत्यु

उदयपुर, भदौ २६–

उदयपुर जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो ।

आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८ः३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताउनुभयो ।

उहाँका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो ।

मृतक दनुवारको यस अघिनै तीन छोरीको जन्म भइसकेको र यो पटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आउनुभएको थियो । अहिले मृतकको शव अस्पतालमै छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा