• होमपेज
  • समाचार
  • बारामा एमालेको प्रचार–प्रसार तिव्र

बारामा एमालेको प्रचार–प्रसार तिव्र

  • आइतवार, भदौ २५, २०७४
बारामा एमालेको प्रचार–प्रसार तिव्र

दुष्यन्त चौधरी,
बारा, भदौं २५–

प्रदेश नं.२ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दाहरु दलहरु निर्वाचनको प्रचार–प्रसार कार्यक्रमलाई तिव्रता दिएका छन् । यसैक्रमा नेकपा एमालेले बारा जिल्लामा प्रचार अभियानलाई तिव्रता दिएको छ ।

बाराको देवताल गाउँपालिकामा एमालेले मोटरसाइकल र्‍याली संगै घरदैलो कार्यक्रम गरेको छ । देवताल गाउँपालिकाका अध्यक्षका उम्मेदवार विजय पाण्डे तथा उपाध्यक्षका उम्मेदवार रिनाकुमारी रामसहितको मोटरसाइकल र्‍यालीसहित घरदैलो गर्दै पिप्राढीमा कोण सभा गरेका थिए ।

कोणसभामा पूर्व खेलकुद मन्त्री तथा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ का सांसद पुरूषोतम पौडेलले जिल्लाका १६ वटा तहमा नेकपा एमालेले नै जित्ने दावी गरेका छन्। नेकपा एमालेका पक्षमा जन लहर सृजना भएकाले प्रदेश नम्बर २ मा समेत एमालेले नै जित्ने दावी गरे। साथै सबैले मिलेर देश विकास तर्फ लाग्नु पर्नेमा उनले जोड दिए ।

अध्यक्षका उम्मेदवारसहित नेकपा एमालेका कार्यकार्ताहरूले गाउँपालिका अन्तरगत रहेका रम्पूर्वा, जब्का, पिप्राढी, दक्षिण झिटकैया, गम्हरीया, पिपरपाति, आमवालगायतका स्थानमा गाउँ परिक्रमा गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर विक, जिल्ला उपाध्यक्ष देवनारायण चौधरी, प्रचार–प्रसार विभाग प्रमुख मनोज पौडेल, सचिवालय सदस्य विध्या थापा, प्रदेश नम्बर २ का सदस्य सिता गुरूङ, वडा अध्यक्षका उमेदवार कौशल किशोर सिंह, संजय पटेल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)